इरानले आफ्ना मित्र राष्ट्रका लागि हर्मुज जलघाँटी खुला राखिएको बताएको छ भने अमेरिका र उसका सहयोगीका लागि बन्द गरिएको जनाएको छ।
विदेशमन्त्री अब्बास अरागचीका अनुसार चीन, रुस, भारत, पाकिस्तान र इराकका जहाजलाई आवागमन अनुमति दिइएको छ। तर जबर्जस्ती प्रवेश गरे अमेरिकी गठबन्धनलाई कडा प्रतिकार गरिने चेतावनी दिइएको छ।
विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलघाँटी इजरायल र अमेरिकी तनावपछि झन् संवेदनशील बनेको छ।


