Friday, June 05, 2026
Home > स्थानीय समाचार > कोशी प्रदेश सरकारले सार्वजनिक विदा र अन्य निर्णयहरू तोकेको छ

कोशी प्रदेश सरकारले सार्वजनिक विदा र अन्य निर्णयहरू तोकेको छ

विराटनगर। कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०८३ सालका लागि सार्वजनिक विदा, प्रदेश भवन नियमावली २०८२, वित्तीय समानीकरण अनुदान र सवारी कर बाँडफाँड लगायत निर्णय गरेको छ।

प्रदेशभर सार्वजनिक विदामा सिरुवा (वैशाख २), कोजाग्रत पूर्णिमा (कार्तिक ८), फाल्गुनन्द जयन्ती (कार्तिक २५), र छठ पर्व समापन (कार्तिक ३०) समावेश छन्। झापा, मोरङ, सुनसरी र उदयपुरमा मात्र राधाकृष्ण रथयात्रा (भदौ २०) र महिलाका लागि ऋषिपञ्चमी (भदौ ३०) छुट्टै विदा तोकिएको छ।

धिमाल, झाँगड, कुलुङ, सन्थाल र माझी समुदायका विशेष पर्वहरू पनि सार्वजनिक विदामा समावेश गरिएको मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए। साथै, बाढी, पहिरो र हावा हुन्डरीबाट क्षतिग्रस्त क्षेत्रका लागि विपद कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय पनि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *