Friday, June 05, 2026
Home > स्थानीय समाचार > चितवन ट्राफिकमा ९ हजार कागजपत्र थन्किए, लिन कोही आएन

चितवन ट्राफिकमा ९ हजार कागजपत्र थन्किए, लिन कोही आएन

चितवन जिल्ला ट्राफिक कार्यालयमा रहेका करिब ८ हजार ९८२ सवारी कागजपत्र लिन सम्बन्धित धनीहरू नआएको पाइएको छ।

ट्राफिक नियम उल्लङ्घनका क्रममा जफत गरिएका लाइसेन्स, ब्लुबुक र अन्य कागजात कार्यालयमै थन्किएको छ। २०८० यता ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ लागू भएपछि यी कागजात संकलन भएको हो।

प्रहरीले १० दिनभित्र कागजात लिन आग्रह गरेको छ। नलिएमा सवारी ऐनअनुसार एक महिनासम्म निलम्बन गरिने चेतावनी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *