Friday, June 05, 2026
Home > आर्थिक समाचार > साढे ४ हजारले घट्यो सुनको भाउ

साढे ४ हजारले घट्यो सुनको भाउ

काठमाडौंमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेर २ लाख ८१ हजार पुगेको छ भने चाँदी पनि १५० रुपैयाँले घटेर ४ हजार ६७० कायम भएको छ।

अघिल्लो दिन सुन २ लाख ८५ हजार ६०० र चाँदी ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा समेत आज सुन र चाँदीको मूल्य घट्दो क्रममा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *