काठमाडौं, १३ चैत। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले बधाई दिएका छन्।
प्रधानमन्त्री सरिफले सामाजिक सञ्जालमार्फत शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतसहित निर्वाचित भएर पदभार ग्रहण गरेकोमा शुभकामना दिएका हुन्। उनले नेपाल–पाकिस्तानको मैत्रीपूर्ण सम्बन्ध र क्षेत्रीय शान्ति, स्थिरता तथा समृद्धिका साझा लक्ष्य अघि बढाउन सहकार्य गर्ने अपेक्षा व्यक्त गरेका छन्।


