Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बालेनले बनाए सचिवालय टिम, बेन र शाह सल्लाहकार नियुक्त

बालेनले बनाए सचिवालय टिम, बेन र शाह सल्लाहकार नियुक्त

काठमाडौँ, १३ चैत। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालय टिम गठन गर्दै प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त गरेका छन्।

सुवास शर्मा मुख्य स्वकीय सचिव, सुदिप ढकाल प्रशासन प्रमुख र विवेक मिश्र सूचना, सञ्चार तथा प्रविधि संयोजक नियुक्त भएका छन्। निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारलाई दिइएको छ।

प्रधानमन्त्री शाहले शपथ ग्रहणपछि वैदिक परम्परा अनुसार सात शंखबाट शंखनाद र १०८ बटुकबाट स्वस्तिवाचन गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *