काठमाडौँ। एमाले सचिव महेश बस्नेतविरुद्ध जबरजस्ती करणी, भ्रूण हत्या र बलात्कारका मुद्दामा कारबाहीको माग गर्दै शोभा पाठक आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ पुगेकी छन्।
पाठकले सरकारी वकिलले उच्च अदालतको आदेशपछि पनि मुद्दा अघि बढाउन ढिला गरेको र अभियुक्तलाई जोगाउन खोजेको आरोप लगाइन्। न्याय नपाएसम्म उनी कार्यालय परिसरमै धर्ना बस्ने बताइन्।
सरकारी वकिल प्रमुख रामहरि शर्मा काफ्लेले भने यस विषयमा प्रतिक्रिया दिएका छैनन्।


