काठमाडौं — शेरधन राई ले केपी शर्मा ओली को पक्राउ गैरकानुनी भएको दाबी गरेका छन्।
विरोध कार्यक्रममा उनले सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको आरोप लगाउँदै यसै कारण आफूहरू सडकमा उत्रिएको बताए। उनले गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन अपूर्ण र पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरे।
राईले उक्त प्रतिवेदन खारेज गरी सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा नयाँ छानबिन समिति गठन गर्न माग गरेका छन्। साथै वर्तमान सरकारले देशलाई मुठभेडतर्फ धकेलिरहेको आरोपसमेत लगाएका छन्।


