Friday, June 05, 2026
Home > मुख्य समाचार > काठमाडौंका पूर्वसीडीओ छविलाल रिजाल पक्राउ

काठमाडौंका पूर्वसीडीओ छविलाल रिजाल पक्राउ

काठमाडौँ — काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लाई मंगलबार बिहान बानेश्वरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्की का अनुसार अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
२३–२४ भदौमा भएको जेन–जी आन्दोलनसम्बन्धी प्रतिवेदन कार्यान्वयनका क्रममा रिजाल पक्राउ परेका हुन्। यसअघि सोही प्रकरणमा केपी शर्मा ओली र रमेश लेखक पनि पक्राउ परिसकेका छन्।
रिजालसहित केही उच्च अधिकारीविरुद्ध मुलुकी अपराध संहिताको दफा १८२ अन्तर्गत लापरवाहीबाट ज्यान जाने जोखिमसम्बन्धी कसुरमा कारबाही सिफारिस गरिएको छ, जसमा कैद र जरिवानाको व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *