Friday, June 05, 2026
Home > मुख्य समाचार > ओली र लेखकमाथि अनुसन्धान: भोलि बयानका लागि परिसर झिकाउने तयारी

ओली र लेखकमाथि अनुसन्धान: भोलि बयानका लागि परिसर झिकाउने तयारी

जेन-जी (Gen-Z) आन्दोलन दमन प्रकरणमा पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई बुधबार बयानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली झिकाउने तयारी गरिएको छ।

आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाका पिता पुरुषोत्तम खतिवडाको जाहेरीका आधारमा ज्यान मुद्दामा अनुसन्धान भइरहेको हो। (मृतक रसिककी आमा रचना खतिवडा हाल रास्वपा सांसद हुन्)।

ओली हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् भने लेखक प्रहरी गण सामाखुशीको हिरासतमा छन्। ओलीको स्वास्थ्य अनुकूल नभएमा बयानको मिति सर्न सक्ने प्रहरीले जनाएको छ।

अदालतले दिएको ५ दिनको म्याद सकिन लागेकाले थप अनुसन्धानका लागि बिहीबार पुनः म्याद थप गरिने भएको छ।

सोही प्रकरणमा तत्कालीन काठमाडौँका सिडिओ छविलाल रिजाललाई पनि मंगलबार पक्राउ गरिएको छ।

ज्यान मुद्दा अन्तर्गत कसुर पुष्टि भएमा ३ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *