हेटौँडामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
पूर्व–पश्चिम सडकअन्तर्गत गुम्बाचोकमा बुधबार बिहान भएको दुर्घटनामा १८ वर्षीया एकता वैद्य गम्भीर घाइते भएकी थिइन्। ठक्करपछि ट्रकमा समेत ठोक्किँदा उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा अन्य दुई चालक घाइते भएका छन्। घटनामा संलग्न सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।


