Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्रीसँग प्रदेशका सांसदहरूको ह्वाट्सएप समूह

प्रधानमन्त्रीसँग प्रदेशका सांसदहरूको ह्वाट्सएप समूह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले प्रत्येक प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै ह्वाट्सएप ग्रुप बनाउन निर्देशन दिएका छन्।

यसको उद्देश्य सांसदहरूले उठाएका तत्काल समस्या र विकास प्राथमिकतामा आधारित बजेट विनियोजन सुनिश्चित गर्नु हो। रास्वपा सांसद मनिष झाका अनुसार, कर्मचारीतन्त्र र दलीयकरणका कारण नागरिक सेवामा भएका समस्या तुरुन्त सम्बोधन गर्ने व्यवस्था मिलाइँदैछ।

उदाहरणस्वरूप, सुदूरपश्चिम प्रदेशमा सांसदको गुनासोपछि फ्लाइट सेड्युल थपिएको छ। प्रधानमन्त्रीले यसरी सांसदहरूबाट क्षेत्रीय वास्तविकता र तत्काल समाधान योग्य कामहरू बुझ्ने योजना बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *