काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले दिउँसो मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालकविरुद्ध कारबाही सुरु गरेको छ। यसै दिनको चेकिङमा १६ जना चालक पक्राउ परेका छन्।
ट्राफिकका अनुसार, अब मापसे गर्ने चालकलाई गाडीसहित रामशाहपथमा ल्याएर सम्बन्धित प्रहरी युनिटमा पठाइने गरिएको छ। पक्राउ परेकामध्ये स्कुल बस, सार्वजनिक बस र माइक्रोका चालकहरू पनि छन्। पहिले चिट काटेर छोडिने प्रचलन समाप्त भएको छ।


