एजेन्सी — इन्डोनेसियाको मोलुका टापु नजिक बिहीबार बिहान ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपछि इन्डोनेसिया, फिलिपिन्स र मलेसियामा सुनामीको चेतावनी जारी गरिएको छ।
उत्तर सुलावेसीमा घर भत्किँदा एक ७० वर्षीया महिलाको मृत्यु भएको छ भने केही भवन र सडकमा क्षति पुगेको छ। प्रमुख भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका पराकम्पहरू पनि महसुस भएका छन्।


