काठमाडौँ — फागुन २१ गतेको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बस्नेछ।
बैठकमा ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट भीष्मराज आङ्देम्बे, नेकपा एमालेका रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुन, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले मन्तव्य राख्ने कार्यक्रम तय भएको छ।


