काठमाडौं — सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई काठमाडौंबाट पक्राउ गरेको एआईजी मनोज केसीले जानकारी दिएका छन्।
अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राख्दै उनको पासपोर्ट रोक्का गर्न यसअघि नै अनुरोध गरेको थियो।


