१९ चैत, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अघिल्लो सरकारले नियुक्त गरेका सार्वजनिक सेवा र निकायका पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेका छन्। प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै लामिछानेले पदाधिकारीलाई स्वेच्छाले राजीनामा दिनको लागि मार्ग प्रशस्त गर्ने अपिल गरे।


