Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सार्वजनिक यातायात सुधारमा सरकार–व्यवसायी छलफल

सार्वजनिक यातायात सुधारमा सरकार–व्यवसायी छलफल

काठमाडौं — सार्वजनिक यातायातलाई व्यवस्थित, प्रविधिमैत्री र यात्रुमैत्री बनाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार र यातायात व्यवसायीबीच छलफल भएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले चालक–सहचालकको व्यवहार सुधार, सवारी सफा राख्ने र सबै गाडीमा डस्टबिन अनिवार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

छलफलमा व्यवसायीहरूले वैज्ञानिक भाडादर लागू गर्न र सार्वजनिक सवारीका लागि छुट्टै लेन व्यवस्था गर्न माग गरेका छन्। दीर्घकालीन सुधारका लागि ठूला बस सञ्चालन र प्रविधि प्रयोग बढाउने विषयमा पनि सहमति खोजिएको छ।

पाँच दिनपछि पुनः बैठक बसेर थप निर्णय लिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *