Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कर्णाली प्रदेश सचिवले श्रीमतीलाई निजी सचिव राखेर २५ लाख तलब बुझे

कर्णाली प्रदेश सचिवले श्रीमतीलाई निजी सचिव राखेर २५ लाख तलब बुझे

सुर्खेत — कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीले आफ्नै श्रीमती रुक्मीना बुढाथोकीलाई निजी सचिव नियुक्त गरेर दुई वर्षमा २५ लाख पाँचसय ६० रुपैयाँ तलब भुक्तानी गरेको पाइएको छ।

प्रदेशसभा सचिवालयका कर्मचारीहरूका अनुसार रुक्मीनाको हाजिरी कार्यालयमा देखिँदैन, तर सचिवले आफैं हाजिरी दर्ता गराएर तलब भुक्तानी गराइरहेको दाबी गरेका छन्। सचिव बुढाथोकीले नियुक्ति कानुनी अधिकार अनुसार भएको र भ्रम फैलाइएको बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *