Friday, June 05, 2026
Home > स्थानीय समाचार > कञ्चनपुर–कमला सडक विस्तार पाँच वर्षमा अधुरो, स्थानीय आक्रोशित

कञ्चनपुर–कमला सडक विस्तार पाँच वर्षमा अधुरो, स्थानीय आक्रोशित

कञ्चनपुर–कमला सडक विस्तार कार्यमा पाँच वर्ष बितिसक्दा पनि काम अधुरो रहेकोमा स्थानीयवासी आक्रोशित छन्। ढिलासुस्ती र धुलोका कारण स्वास्थ्य समस्यामा वृद्धि भएको र दुर्घटनाको जोखिम बढेको भन्दै लहानका बासिन्दाले सडक अवरुद्ध गरेका छन्। चीनको ‘चाइना रेलवे नं २ इञ्जिनियरिङ ग्रुप’ले सन् २०२० मा सुरु गरेको सडक विस्तार योजना अझै पूरा हुन सकेको छैन। निर्धारित तीन वर्षको अवधिमा काम नपुगेपछि म्याद तीन पटक थपिएको छ। हालसम्म समग्र भौतिक प्रगति ६९ प्रतिशत मात्रै भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *