काठमाडौं। काठमाडौं उपत्यकामा गुन्डागर्दी र आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले विशेष अपरेसन सञ्चालन गर्दै १८ जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा चर्चित सानु भाइ समेत रहेका छन्, जो ‘घैँटे’ समूहसँग जोडिएका थिए। प्रहरीले उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको छ।
अपरेसनको उद्देश्य काठमाडौंमा शान्ति सुरक्षा कायम राख्नु र गुन्डागर्दी निरुत्साहित गर्नु रहेको छ।


