Friday, June 05, 2026
Home > मुख्य समाचार > मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

काठमाडौँ — मन्त्रिपरिषद्को आइतबारको बैठकले तलका निर्णयहरू गरेको छ:

– सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा (चैत २३ देखि लागू), कार्यालय समय बिहान ९–साँझ ५ बजेसम्म।

– डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकृत।

– विश्व बैंकबाट ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण दिगो र समावेशी वित्त परियोजनाका लागि स्वीकृत।

– सबै मन्त्रालय, आयोग र निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय।

– राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झालेको राजीनामा स्वीकृत।

– डिजेल/पेट्रोल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरणका लागि कानुनी व्यवस्था मिलाउने निर्णय।

– आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ बाट सुरु गर्ने निर्णय।

Leave a Reply

Your email address will not be published. Required fields are marked *