Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नापी र यातायात कार्यालयबाट ३२ बिचौलिया पक्राउ

नापी र यातायात कार्यालयबाट ३२ बिचौलिया पक्राउ

काठमाडौँ — ललितपुरका नापी र यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलिया पक्राउ परेका छन्।

लगनखेलस्थित नापी कार्यालयबाट २१ जना र एकान्तकुनाको यातायात कार्यालयबाट ११ जनालाई संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

सेवाग्राहीलाई हैरानी दिएको र काममा अवरोध गरेको आरोपमा पक्राउ गरिएकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *