काठमाडौँ — नेपाल आयल निगमले इन्धन संकट बढ्दै गएपछि उपभोक्तालाई अनावश्यक यात्रा नगर्न र खपत घटाउन आग्रह गरेको छ।
प्रवक्ता मनोज ठाकुरका अनुसार निगमलाई प्रतिलिटर करिब १२० रुपैयाँ घाटा भइरहेको छ र सरकारले दुई दिन बिदा दिने निर्णय इन्धन बचतका लागि सकारात्मक कदम हो।
देशभर दैनिक करिब २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुने गरेको भन्दै, आवश्यक बाहेक सवारी प्रयोग नगर्न निगमले अपिल गरेको छ।


