एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा को ‘आर्टिमिस २’ मिसनका चार अन्तरिक्षयात्री भोलि बिहान नेपाली समय अनुसार साढे ४ बजे चन्द्रमाको पछाडि पुगेपछि करिब ४० मिनेटसम्म पृथ्वीसँग सम्पर्कविहीन हुनेछन्।
यस क्रममा पाइलट भिक्टर ग्लोबर ले सबैलाई सकारात्मक सोच र प्रार्थनाका लागि आग्रह गरेका छन्। अन्तरिक्षयात्रीहरू रिड वाइजमन, क्रिस्टिना कोच, भिक्टर ग्लोबर र क्यानडेली जेरेमी ह्यान्सनले चन्द्रमाबाट अद्भुत दृश्यहरु पठाउने अपेक्षा गरिएको छ।


