काठमाडौँ — राष्ट्रियसभाका सांसदहरूले दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। सांसद विष्णुबहादुर विश्वकर्माले कर्मचारी र विद्यार्थीलाई बेरोजगार बनाउने निर्णय तत्काल फिर्ता लिन आग्रह गरे।
सांसद सावित्री मल्लले पनि खाने ग्यास, पेट्रोल लगायत इन्धनको मूल्यवृद्धि फिर्ता गर्न र बजारमा दैनिक उपभोग्य वस्तु सहज बनाउने काम गर्न सरकारलाई दबाब दिइन्।


