काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले सरकारले वैदेशिक ऋण लिने निर्णयको विरोध गर्दै जवाफ मागेका छन्। सोमबार पार्टी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले झन्डै २८ अर्ब रुपैयाँ ऋण लिएर पुरानो वाचा विपरीत कदम चालेको बताए।
पुनले भने, “देशको आवश्यकताअनुसार ऋण लिन सकिन्छ, तर यसलाई मुख्य पूर्वाधार र रोजगारी सिर्जनामा मात्र खर्च गर्नुपर्छ। फजुल खर्च गरेर ऋण लिने काम स्वीकार्य छैन। सरकारले यसबारे जवाफ दिनु पर्छ।”
उनले ऋण नलिने वाचा गर्दै सत्ता सम्हालेको दलले तुरुन्तै ठूलो ऋण लिनुलाई जनताले विश्वास गर्न कठिन हुने बताए।


