Round Table 11 द्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत “Fulfill a Wish – Meal of Happiness” कार्यक्रम सम्पन्न गरिएको छ।
विराटनगरस्थित Manav Sewa Ashram Biratnagar मा आयोजित उक्त कार्यक्रममा १० जना बालबालिकालाई स्टेशनरी सामग्री तथा मिठाई वितरण गरिएको थियो।
यसैगरी, कार्यक्रममा आश्रममा आश्रित ६५ जनालाई भोजन सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।
समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ सञ्चालन गरिएको यस कार्यक्रमले मानवीय सेवाको सन्देश फैलाएको आयोजकको भनाइ छ।


