काठमाडौँ — राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारीले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र कूटनीतिक प्रतिनिधिहरू उपस्थित थिए।
सोमबार भएको राष्ट्रिय सभाको बैठकले भण्डारीलाई निर्विरोध उपाध्यक्ष चयन गरेको थियो।


