Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएका युवकको परिवारले राहत र क्षतिपूर्ति माग

सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएका युवकको परिवारले राहत र क्षतिपूर्ति माग

कपिलवस्तु — महाराजगन्ज नगरपालिका २, बरगदामा चैत ७ गते सुरक्षाकर्मीको गोली लागेर घाइते भएका २३ वर्षीय जितेन्द्र यादव सोमबार उपचारका क्रममा मृत्यु भएका छन्।

मृतकको परिवारले राहत र न्यायोचित क्षतिपूर्ति माग गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। संघीय सांसद, प्रदेशसभा सदस्य र पूर्व सांसदहरूले पनि मृतकलाई सहिद घोषणा गरी पीडित परिवारलाई सहयोग र घाइतेको उपचार सुनिश्चित गर्न आग्रह गरेका छन्।

मृतकको शव अझै दाहसंस्कारका लागि तयारी हुन सकेको छैन, परिवार र प्रशासनबीच सहमति नजुटेको कारण शव तौलिहवास्थित कपिलवस्तु अस्पतालमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *