काठमाडौं — प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिले नयाँ नियमावली तयार गर्न बिहीबारदेखि संशोधनका बुँदाहरूमा दफावार छलफल सुरु गर्ने भएको छ।
सभापति गणेश पराजुली नेतृत्वको १५ सदस्यीय समितिले नियमावलीका विभिन्न प्रावधानमा आवश्यक परिमार्जनबारे सदस्यहरूलाई प्रस्ताव ल्याउन आग्रह गरेको छ।
छलफलबाट प्रतिनिधिसभा सञ्चालनका लागि नयाँ तथा परिमार्जित व्यवस्था तय हुने अपेक्षा गरिएको छ।


