Friday, June 05, 2026
Home > स्थानीय समाचार > कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ घाइते

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ घाइते

कञ्चनपुर, चैत २५। कञ्चनपुर कारागारमा बुधबार दिउँसो कैदीबन्दीबीच झडप भएको छ। १२ बजेतिर भएको झगडामा पाँच जना कैदीबन्दी घाइते भएका छन्। घाइते हुनेमा ओमप्रकाश घरेडी (२३), भुवन नाथ (१९), भुवन ऐर (२६), आयुष बम (२५) र राजु दमाई (२६) छन्। सबैलाई महाकाली प्रादेशिक अस्पतालमा उपचार दिइरहेको छ।

झडपको स्थिति नियन्त्रणमा लिन १९ जनाको प्रहरी टोली खटिएको थियो। अहिले स्थिति सामान्य रहेको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *