Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सिंहदरबारको ढोका किन बन्द? चुरे संरक्षणका लागि माइतीघरमा प्रदर्शन

सिंहदरबारको ढोका किन बन्द? चुरे संरक्षणका लागि माइतीघरमा प्रदर्शन

काठमाडौं — चुरे तथा वन जंगल संरक्षण अभियान नेपाल ले चुरे संरक्षण, वनजंगल जोगाउने, दलित तथा भूमिहीन सुकुम्बासीको भूमि अधिकार सुनिश्चित गर्ने र प्राकृतिक स्रोतको अवैध दोहन रोक्न माग गर्दै माइतीघर मण्डला मा प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले सिर्सिया नदीको प्रदूषण नियन्त्रण, अवैध क्रसर उद्योग बन्द र ढुङ्गा–गिट्टी–बालुवाको उत्खनन रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले सिंहदरबार भित्र ज्ञापनपत्र बुझाउन खोज्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिँदै प्रदर्शनकारीहरूले “जनताका लागि सिंहदरबारको ढोका किन बन्द?” भन्ने प्रश्न उठाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *