Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रिहापछि ओलीको प्रतिक्रिया: ‘प्रमाण नपुगेपछि रिहा भएँ’

रिहापछि ओलीको प्रतिक्रिया: ‘प्रमाण नपुगेपछि रिहा भएँ’

काठमाडौँ — हाजिर जमानीमा रिहा भएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध मुद्दा चलाउने पर्याप्त प्रमाण नपुगेपछि रिहा भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत आरोपलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको दाबी गरेका छन्। स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै उपचार गर्ने पनि उनले बताएका छन्।

भदौ २३–२४ का घटनासम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका ओलीलाई सर्वोच्च अदालतको आदेशअनुसार रिहा गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *