काठमाडौँ — विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा, सहसचिव अरुण पोखरेल र महराका छोरा राहुलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले चिनियाँ गिरोहसँग मिलेर भेपको आवरणमा सुन ओसारपसार गरेको आरोप लगाउँदै करिब ७ करोड रुपैयाँ बिगो कायम गरेको छ। अभियोगपत्र अनुसार, पुस २०७९ मा सुन पास गराउन महरा र अन्य प्रतिवादीहरूले काम गरेको भनिएको छ।


