काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको आरोप लगाएका छन्।
उनका अनुसार अपूर्ण र अप्रमाणित प्रतिवेदनका आधारमा आफूलाई १३ दिन नियन्त्रणमा राखिएको थियो। तर पछि आफू हाजिरी जमानीमा रिहा भएको उनले बताएका छन्।
लेखकले कानुन र न्यायप्रति विश्वास रहेको उल्लेख गर्दै आगामी कानुनी र राजनीतिक लडाइँ जारी रहने बताएका छन्।


