कोशी प्रदेशमा सार्वजनिक यातायातको भाडादर समायोजन गरिएको छ। सङ्घीय सरकारको निर्णयअनुसार अन्तरप्रदेश रुटमा चल्ने सवारीसाधनको भाडा वृद्धि गरिएको हो।
नयाँ दरअनुसार स्थानीय बस स्ट्यान्डको न्यूनतम भाडा २७ रुपैयाँ कायम गरिएको छ। यसअघि निर्धारण गरिएको भाडादरमा १६.७१ प्रतिशतले वृद्धि गरिएको यातायात व्यवसायीहरूले जनाएका छन्।





