काठमाडौँ। कतारका अमिर शेख तमिम विन हमाद अल थानीले तीन जना नेपाली नागरिकलाई आममाफी दिएका छन्।
विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका उनीहरूलाई रमजानको अवसरमा आममाफी दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरू छिट्टै नेपाल फर्कने बताइएको छ।


