काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २,८३७.७७ बिन्दुमा झरेको छ।
शुक्रबार ३३५ कम्पनीका करिब २.१० करोड कित्ता शेयर किनबेच हुँदा कुल ८ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
बैंकिङ, बीमा, विकास बैंकलगायत अधिकांश समूह घटे पनि जलविद्युत् र उत्पादन समूहमा सामान्य वृद्धि देखिएको छ।


