राहदानी विभागले पछिल्लो करिब ९ महिनामा ७ लाख ४५ हजारभन्दा बढी राहदानी जारी गरेको छ। २०८२ साउन १ गतेदेखि हालसम्म उक्त संख्यामा राहदानी जारी भएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको हो। यस अवधिमा मात्र २ लाख १० हजारभन्दा बढी राहदानी जारी गरी करिब २ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ।
हालसम्म एमआरपी र ई–पासपोर्ट गरी कुल १ करोड २६ लाखभन्दा बढी राहदानी जारी भइसकेका छन्। सेवाग्राहीलाई सहज बनाउन राहदानी सेवा छिट्टै घरघरमै पुर्याउने तयारी पनि भइरहेको छ, जसका लागि हुलाक सेवा विभागसँग समन्वय गरी कार्य अघि बढाइएको छ।


