Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > म्यानपावरलाई वैदेशिक रोजगारीमा कामदार नपठाउन विभागको चेतावनी

म्यानपावरलाई वैदेशिक रोजगारीमा कामदार नपठाउन विभागको चेतावनी

काठमाडौं : वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीलाई व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा कामदार नपठाउन चेतावनी दिएको छ। विभागका अनुसार, कतिपय म्यानपावर व्यवसायीले कानुनविपरीत व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाएका छन्। विभागले सचेत गर्दै यस्तो कार्य गर्दा वैदेशिक रोजगार ऐनअनुसार कारबाही गरिने जानकारी दिएको छ। व्यक्तिगत श्रम स्वीकृतिका लागि व्यक्ति स्वयंले फेमिसबाट अनलाइन आवेदन दिनुपर्ने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *