काठमाडौं — चिकित्सकहरूले सरकारले घोषणा गरेको हप्तामा दुई दिन बिदा सबै स्वास्थ्यकर्मीमा समान रूपमा लागू गर्न माग गरेका छन्।
डा. बद्री रिजाल ले चिकित्सकहरू २४ सै घण्टा अन–कल ड्युटीमा रहनु पर्ने, हप्तामा ८० घण्टाभन्दा बढी काम गर्नुपरेको भन्दै यो श्रमशोषण भएको बताएका छन्।
उनका अनुसार ओपीडी समय मिलाएर सेवा प्रभावित नहुने गरी दुई दिन बिदा लागू गर्न सकिन्छ। साथै चिकित्सकलाई आवश्यक सुविधा, दरबन्दी वृद्धि र सरुवासम्बन्धी निर्णयमा सुधार गर्न पनि उनले सरकारलाई आग्रह गरेका छन्।


