दाङ — दाङको तुलसीपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
तुलसीपुर–१६ स्थित सेवा इँटाभट्टामा काम गर्ने क्रममा पर्खाल खस्दा ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको नेपाल प्रहरी ले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका अर्का मजदुरलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ।


