Friday, June 05, 2026
Home > स्थानीय समाचार > मुख्यमन्त्री बानियाँको राजनीतिक सल्लाहकारमा खनाल नियुक्त

मुख्यमन्त्री बानियाँको राजनीतिक सल्लाहकारमा खनाल नियुक्त

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा दामोदर खनाल नियुक्त भएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

यसअघि सल्लाहकार रहेका बुद्ध लामा निर्वाचनमा उम्मेदवार बनेपछि पद रिक्त थियो। बैठकले गरिबी निवारण नीति स्वीकृत गर्नुका साथै स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान पनि अनुमोदन गरेको छ। साथै विभिन्न समितिमा नयाँ नियुक्ति र राजीनामा स्वीकृति पनि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *