काठमाडौं — नेपाली कांग्रेस संसदीय दलको नेता अब निर्वाचनमार्फत छनोट हुने भएको छ। आकांक्षी धेरै भएपछि सर्वसम्मति नजुटेपछि चुनावी प्रक्रिया अपनाउने तयारी गरिएको हो।
महामन्त्री प्रदीप पौडेलका अनुसार सहमतिको प्रयास भए पनि सबै पक्ष आ–आफ्नो अडानमा रहेकाले अब ढिलो नगरी निर्वाचनमा जाने निर्णय भएको छ।
दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापा आकांक्षी रहेका छन्। निर्वाचन समिति वैशाख २ भित्र गठन गरी प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ।
यससँगै प्रतिनिधिसभामा रहेका प्रमुख दलमध्ये कांग्रेस मात्रै संसदीय दलको नेता चयन गर्न बाँकी रहेको छ।


