जेन–जी मुभमेन्ट नेपालले युट्युबर रोशन पोखरेललाई तत्काल रिहा गर्न माग गरेको छ। अभिव्यक्तिकै आधारमा उनलाई पक्राउ गर्नु गलत र आपत्तिजनक भएको भन्दै संगठनले अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने बताएको छ। विज्ञप्तिमा विचारका आधारमा नागरिकलाई अपराधी बनाउने प्रवृत्तिले लोकतन्त्र कमजोर हुने उल्लेख गरिएको छ। साथै, विगतमा नेताहरूले पनि कडा अभिव्यक्ति दिएको स्मरण गराउँदै कारबाहीको आधार समान हुनुपर्ने प्रश्नसमेत उठाइएको छ।


