काठमाडौं । नेकपा (एमाले)की सांसद एशुदाकुमारी बराल ले सरकारले राजनीतिक प्रतिशोधको बाटो नअपनाउन चेतावनी दिएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले केपी शर्मा ओली माथि मात्र निशाना साध्नु उचित नहुने बताइन्। साथै २००७ सालदेखि हालसम्मका सबै आन्दोलन र राजनीतिक घटनाको फाइल खोल्न माग गरिन्।
बरालले चेतावनी दिँदै भनिन्— यदि निष्पक्ष रूपमा छानबिन नगरे सरकारले भविष्यमा ठूलो क्षति व्यहोर्नुपर्नेछ।


