Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सरकारी अस्पतालमा डिजिटल रिपोर्ट प्रणाली छिट्टै लागू हुने स्वास्थ्यमन्त्रीको घोषणा

सरकारी अस्पतालमा डिजिटल रिपोर्ट प्रणाली छिट्टै लागू हुने स्वास्थ्यमन्त्रीको घोषणा

स्वास्थ्यमन्त्री निशा मेहताले छिट्टै सबै सरकारी अस्पतालमा डिजिटल रूपमा रिपोर्ट निकाल्ने व्यवस्था लागू गरिने बताएकी छन्। वीर अस्पतालको अनुगमनका क्रममा उनले परीक्षण रिपोर्ट लिन अस्पताल आउनुपर्ने बाध्यता अन्त्य गर्ने योजना रहेको जानकारी दिइन्। बिरामीको रिपोर्ट ढिलो आउने समस्या समाधान गर्न तथा सेवा प्रभावकारी बनाउन डिजिटल प्रणाली विस्तार गरिने उनको भनाइ छ। मन्त्री मेहताले स्वास्थ्य क्षेत्र सुधारका थप योजना पनि छिट्टै सार्वजनिक गरिने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *