Friday, June 05, 2026
Home > स्थानीय समाचार > भीमफेदीमा भिरबाट लडेर घाँस काट्न गएकी महिलाको मृत्यु

भीमफेदीमा भिरबाट लडेर घाँस काट्न गएकी महिलाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–६ सिमलटारमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–१४ की ३५ वर्षीया सन्तोषी वाइवा खसेर गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि हेटौँडा अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *