सर्लाहीका सर्वदलीय दलहरूले भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धप्रति आपत्ति जनाएका छन्। सर्वदलीय बैठकले नेपाल–भारतबीचको सामाजिक तथा आर्थिक सम्बन्धमा असर पर्ने भन्दै निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेको छ। माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दलहरूले दिएका छन्।


